सहकारी ठगी प्रकरणमा सभापति रवि समातिएपछि रास्वपाले डाक्यो बैठक

शनिबार, कात्तिक १०, २०८१

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपाले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय ससितिको बैठक बोलाएको हो । बैठकमा छलफलका लागि रास्वपाले तीनवटा एजेन्डा तय गरेको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध विषयमा छलफल हुनेछ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ ।सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्