झापाको माईधारमा कराँते प्रतियोगिता, खड्गले सौजन्य गरेको पुरस्कार क-कसले पाए ?

शनिबार, कात्तिक १०, २०८१

झापास्थित माइधारमा आयोजित जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगिताको प्रथम स्थान कनकाई नगरपालिकाले हात पारेको छ। कनकाई १६ गोल्डमेडल सहित प्रथम स्थान हात पार्न सफल भएको हो। 

त्यस्तै, अर्जुनधारा नगरपालिकाले १३ गोल्ड र १२ सिल्भर मेडलसहित दोस्रो स्थानको भागिदार बन्न पुग्यो।यता,आयोजक माइधार १३ गोल्ड र ८ सिल्भर प्राप्त गरेर तेस्रो स्थान ओगट्न सफल भयो। 

विजेताले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको कराँते महासंघ जिल्ला अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति प्रवक्ता जगन दुर्वासा कार्कीले बताए । कार्कीका अनुसार प्रतियोगितामा झापा जिल्लाभरबाट ३२०  खेलाडी सहभागी भएका थिए ।  

कोशी प्रदेशका पूर्व मुख्य मन्त्री केदार कार्कीले उद्घाटन गरेको प्रतियोगितामा उक्त खेल भव्यताका साथ् सम्पन्न भएको हो।  उद्घाटनका क्रममा उनले नेपाल मात्र नभएर विश्वका धेरै राष्ट्रहरुलाई खेल आफ्नो देशलाई चिनाउने काम गरेको बताए । 

किताबी ज्ञान मात्र होइन खेलकुद पनि मानव जीवनमा अपरिहार्य चिज रहेको उल्लेख गर्दै पूर्व मुख्यमन्त्री कार्कीले आफ्नो स्वास्थ्य र देशको काम उच्च राख्न खेल धेरै महत्वपूर्ण रहेको बताए।  विद्यार्थीहरुलाई हौसला दिदै कार्कीले खेलमा हार जित हुन्छ, त्यो स्वाभाविक हो । तर त्यसबाट प्राप्त गरेको ज्ञान चै ठूलो भएको धारणा ब्यक्त गरे। 

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाध्यक्ष हर्क सिगु, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख राखेप प्रशिक्षक  विष्णु कुमार नेम्वाङ्ग र  झापा क्षेत्र नं. ४ का कराँते संस्थापक युवराज पाठकलाई सम्मान गरिएको थियो । उनीहरुलाई पूर्व मुख्य मन्त्री केदार कार्की र शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सम्मान प्रत्र हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको विजेताहरुलाई लगाइएको मेडल शिवसताक्षी नगरपालिका वडा नं. ७ का समाजसेवी तथा कांग्रेस महासमिति सदस्य खड्ग कार्कीले निशुल्क प्रदान गरेका आयोजक माइधार कराँते संघले जनाएको छ । मुख्यमन्त्री कार्कीलाई प्रमुख अतिथिको निम्तो पनि उनै समाजसेवी कार्कीले गरेका हुन्।     

प्रतियोगिताको उद्घाटन कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल, वडा सदस्य दिपक पोख्रेल, दोमुखा धार्मिक पर्यटन विकास संस्थाका अध्यक्ष धनराज लावती, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, छिमेकी पालिका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

कराँते महासंघ जिल्ला अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति प्रवक्ता जगन दुर्वासा कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम राखेप कराँते प्रशिक्षक दुर्गाराज निरौलाले गरेको जगनले बताए। 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्