सोसल मिडिया
युनिकोड
साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलअन्तर्गत नेपाल र भारतबीचको खेलमा फेरि तनाव उत्पन्न भएको छ ।
दोस्रो हाफको २६औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको 'प्ले अन ह्विसिल' बजाएपछि नेपालले गोल गरेको थियो ।
तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको 'बराबरी गोल' खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको छ । नेपालको प्रीति राईले गोल गरेकी थिइन् ।