सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने रास्वपा नेता मनिष झाले जानकारी दिए ।
अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने झाले बताए ।
सहकारी ठगी र संगठित अपराध कसुरमा उक्त पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेर कास्की हिरासतमा राखेको छ । त्यसयता रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।