जागिर लगाईदिने भनेर होटलमा युवतीमाथि पोखिएका एमाले नेता कता भागे ?

आइतबार, वैशाख २३, २०८१

पछिल्ला दिनमा एमालेमा जोडिएका तह-तहका नेता युवती संग जोडिएको र यौन कार्यमा लिप्त भएको समाचार बग्रेल्ती आउन थालेका छन्। हालसालै मात्र दोलखाका एमाले नेता समेत रहेका विदुर शर्माले बबलात्कार गरेको भनेर प्रहरी समक्ष गुहार मागिएको छ। 

काठमाडौँको ठमलेस्थित एक होटलमा १९ वर्षीया किशोरीमाथि बलात्कार गरेको भनिएका शर्मा अहिले फरार छन्। ठमेलको सञ्चयकोश नजिकै रहेको होटलमा गत वैशाख १९ गते आफूमाथि बलात्कार भएको भन्दै पीडित किशोरीले दरबारमार्ग वृत्तमा उजुरी दिएकी छिन्। 

जागिरको प्रलोभन देखाएर आफूलाई बलात्कार गरिएको युवतीले जाहेरीमा उल्लेख गरेकी छिन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा शर्माले युवतीलाई होटलमा लिएर गएको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको छ। फरार शर्माको खोजी गरिरहेको प्रहारीले बताएको छ।  एमाले दोलखाको उपसचिवमा पराजित शर्मा यसघि पनि यस्तै काण्डमा जोडिएको एमाले दोलखाका एक नेताले बताए।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्