सोसल मिडिया
युनिकोड
सहकारी ठगीसम्बन्धी मुद्दामा हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको सोमबार झण्डै साढे ८ घण्टा बयान लिइएको छ । उनलाई बयानका लागि सोमबार बिहान साढे १० बजे सरकारी वकिल कार्यालय लगिएको हो ।
कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्ले लगायत अनुसन्धान अधिकृतहरूले बिहानदेखि अबेर साँझ करीब साढे ७ बजेसम्म बयान लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले जानकारी दिए । आज बयान नसकिएकाले बयान मंगलबार पनि जारी रहने ती अधिकारीले बताए ।
बयानका क्रममा उनले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् । उनले आफू कुनै पनि सहकारीमा सदस्य नरहेको र ऋण पनि नलिएको जिकिर गरेका छन् ।
कार्तिक २ गते रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई सोही दिन पोखरा लगेर अनुसन्धान सुरु गरिएको छ ।