पूर्वमन्त्री तुलाधरको छैटौँ स्मृति दिवसमा प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

मंगलबार, कात्तिक १३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरुले आयोजना गरेको स्मृतिसभामा प्रधानमन्त्रीसहित सहभागीहरूले श्रद्धाञ्जली व्यक्त गरिएका हुन् । 

सो अवसरमा पद्मरत्न लुमन्ते गठी पुरस्कार भाषा र मानवअधिकारका क्षेत्रमा योगदान दिएबापत जनकवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्