सामान्य मन्त्री जोशीलाई अर्थ मन्त्रालयले पत्याएन, ८८ करोड मागेको एकै रुपियाँ दिएन

आइतबार, वैशाख २३, २०८१

सरकारले नवप्रवर्द्धन कार्यक्रममा भनेर छुट्याएको ८८ करोड नपाएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले दुखमनाउ गरेका छन् ।

सरकारले नवप्रवद्र्धन कार्यक्रममा भनेर छुट्याएको ८८ करोड बजेट अहिलेसम्म नदिएको उनको गुनासो छ।

प्रतिनिधिसभा अन्तरर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले माननीयहरूलाई साक्षी राखेरै मन दुखाए।

बजेटका लागि हार गुहार गर्दा पनि निकासा हुन नसकेको बताएका मन्त्रीले उक्त कार्यक्रमका लागि विभिन्न मापदण्डबाट एक सय चार वटा पालिकालाई छनोट गरेर अभिमुखीकरण पनि दिएको पनि सुनाए।


८८ करोड रुपैयाँ मध्ये अहिलेसम्म एक रुपैयाँ पनि मन्त्रालयले पाएको छैन। अर्थ मन्त्रालय नाइ पनि भन्दैन । दिन पनि दिँदैन् भन्दै मन्त्री जोशीले खुई गर्दै भने- साउन पछि निकासा दिनुपर्ने बजेट अहिलेसम्म दिएकै छैन। 

संघीय निजामति सेवा विधेयक चाँडो पास गर्ने मन्त्री जोशीको भनाई छ। देशव्यापी रुपमा कर्मचारीहरुको व्यवस्थापन असाध्यै अप्ठ्यारो भएको भन्दै विधेयकलाई राजनीतिक रुपमा सहमति गरेर आउँदो अधिवेशनको सुरुमै पास हुने उनको भनाई छ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्