सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारी ठगी प्रकरणमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ ।
सरकारको राजनीतिक प्रतिशोधविरुद्ध भन्दै दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सभापति लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।
राजनीतिक प्रतिशोधविरुद्ध आफूहरूको लडाइ नरोकिने पार्टीको निर्णय छ । आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् ।