रास्वपाका सांसद सहितका चार दर्जन बढीलाई प्रहरीले दिनभर राखेर घर पठायो

मंगलबार, कात्तिक १३, २०८१

काठमाडौंको बालुवाटारमा प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।

सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको थियो। मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने ५१ लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगन्जमा राखिएको थियो । आन्दोलन सकिएलगत्तै उनीहरुलाई रिहा गरेको प्रहरीले जनाएको छ । सांसद अशोककुमार चौधरी सहित ५१ जना नेताहरु प्रहरी नियन्त्रणमा थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र भ्रष्टाचारविरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्