सोसल मिडिया
युनिकोड
सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले राणालाई बढुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्रीसमेत रहेका सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनलाई प्रदेश समन्वय विभाग नक्सालमा पदास्थपन गरिएको छ ।
उनका अनुसार, बैठकले प्राविधिक स्वास्थ्य समूहका प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. सुन्दरप्रसाद ह्योजुलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ । उनलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदस्थापन गरिएको छ ।