सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि अजरबैजानको बाकु जाने भएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो । राष्ट्रपति नेतृत्वको भ्रमण टोलीको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय पनि भएको छ ।