सोसल मिडिया
युनिकोड
भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति घोर आपत्ति प्रकट गरेका छन् ।
भारतीय विदेशमन्त्रालयको नियमित प्रेस मिटमा सोधिएको एक प्रश्नको जवाफ दिदै उनले त्यसप्रति रोष ब्यक्त गरेका हुन् ।आफूले नेपाल सरकारको निर्णय सुनेको तर यस विषयमा भारतको स्पष्ट धारणा रहेको बताएर चर्को असन्तुष्टि पोखेका हुन् ।
सीमा क्षेत्र र नक्साका विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको अर्थ नरहेको पनि तर्क धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्ने उनले प्रष्ट पारे। कुरो ठिकठाकै मिलिरहँदा नेपाल आफ्नै पाराले अगाडि बढेको उनले बताए।