सोसल मिडिया
युनिकोड
हालका गृहमन्त्री रमेश लेखकको पृष्ठभूमि घुरमैलो छैन प्रष्टै छ। पत्रकारिता हुँदै वकालत मार्फत राजनीतिमा हाल्फालेका उनी दाग नलागेका नेता हुन्। उनी एकै फेर मन्त्री बनेका पनि होइनन्। श्रम राज्यमन्त्री हुँदै भौतिक मन्त्रालय चलाईसकेका लेखक अहिले सबैभन्दा आकर्षक गृहमन्त्रालय चलाई रहेका छन्। तर, सय दिनको आसपासमा उनले राम्रो संग मन्त्रालय चलाउन नसकेको प्रष्टै देखिन्छ।
विशेष गरि नियम कानूनको ख्याल गर्ने भनिएका लेखक त्यसैमा चुकेका छन्। सिडिओको अदलीबदलीमा उनको नियम कानूनको ‘ईजार’ खुस्किएको छ। सिडिओ पदस्थापन वा सरुवा कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ बनाएर खटाउन रोकेको छ । कार्यविधिको दफा ५ (ङ) मा ‘कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइनेछैन’ भन्ने व्यवस्था छ । तर, गृह मन्त्रालयले हालै गरेको सरुवामा दुईजनालाई गृहजिल्लाकै सिडिओ बनाएर पठाएको छ ।
महोत्तरीमा सिडिओ बनाएर पठाईएका लालबाबु कवारी महोत्तरीकै जलेश्वर नगरपालिका स्थायी बासिन्दा हुन्। त्यस्तै दैलेखका सिडिओ नवराज जैशीमा दैलेखमै जन्मिएका हुन्। यता, नुवाकोटका रामकृष्ण अधिकारी पनि नुवाकोट स्थायी ठेगाना भएका कर्मचारी हुन्। कार्यविधिले यी तिनै जनालाई सिडिओ हुन रोक्छ तर गृहमन्त्री लेखकले त्यसलाई ध्यान दिएनन् र उनकै कारण बेथिति बढेको गृहकै कर्मचारी बताउछन्।
हुन त लेखक गृहमन्त्री हुँदा मात्र गृहजिल्लामा कर्मचारीलाई सिडिओ बनाएर खटाउन थालिएको भने होइन। २०८० साउन २४ गते जाजरकोटको सिडिओ बनाएर पठाईएका उपसचिव सुरेश सुनार पनि जाजरकोटकै स्थायी बासिन्दा थिए।
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई सिडिओ बनाएर पठाउनु, गृह जिल्लामै कर्मचारीलाई सिडिओ बनाउनु र विवादित कर्मचारीलाई छानीछानी मालदार अड्डाको चाबी थमाउनुले गृहमन्त्री लेखको इमान र नियतमा शंका गर्ने ठाउँ रहेको तर्क गरिन थालेको छ।
काठमाडौँ महानगरका मेयरले हुत्याएका सहसचिव बसन्त अधिकारीलाई बाराको सिडिओ बनाउनु, परिचयपत्रमा जोडिएका तिर्थराज भट्टराईलाई त्रिवि अध्यागमन जिम्मा लगाउनुलाई गृहकै कर्मचारीले अनौठो मानेका छन्। त्यति मात्र होइन भूमि सुधार सचिव हुँदा उपर्दो गरेका गोकर्ण मणि दुवाडीलाई गृहसचिव बनाएर भित्र्याउनुलाई पनि जानकारहरुले उदेक लाग्दो ठानेका छन्। जसको पटाक्षेप ढिलो चांडो हुँदै जानेछ।