सेवा लम्साल बेल्जियमका लागि राजदूतमा अनुमोदित, राई परराष्ट्र सचिव बन्दै

बुधबार, कात्तिक १४, २०८१

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। आज बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। उनी अहिले परराष्ट्र सचिव छिन्। राजदूत अनुमोदन भए संगै उनी सचिवबाट अलग भएकी छिन्। अब परराष्ट्र सचिवमा त्यहाँका प्रवक्ता समेत रहेका सहसचिव अमृत बहादुर राई सचिवमा बढुवा हुनेछन्।  

अनुमोदन अघि उनले आजको बैठकमा आफ्नो कार्ययोजना पेस गरेकी थिईन् । लम्सालले पेस गरेको कार्ययोजनामा आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने बताएकी छन् ।

 २०८० मंसिर २८ गते सचिवमा बढुवा भए संगै लम्साल परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी थिईन। परराष्ट्र मन्त्रालयको २५औँ सचिव बनेकी उनी अब बेल्जियमका लागि नेपाली राजदूतको भूमिकामा रहने छिन्। 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्