सोसल मिडिया
युनिकोड
भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव डा. वैकुण्ठ अर्यालले सफाई पाएका छन् । अर्याल सहित १० जनाले सफाइ पाएका हुन् । विशेष अदालतले आजै मात्र सफाई दिएको हो।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो ।
अर्को एक कम्पनीले पनि सफाइ पाउँदा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर भएका हुन् ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित सहसचिवद्वय रितेश शाक्य र टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे, केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मालाई पनि सफाइ दिइएको छ ।
सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अर्बौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै अर्याल विरुद्ध असार ९ गते अख्तियारले मुद्दा दायर गरेको थियो। ३८ करोड ६७ लाख रुपैयाँ हिनामिना गरेको दाबी सहित अख्तियार विशेष अदालत पुगेको थियो।