सोसल मिडिया
युनिकोड
साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।
बंगलादेशले खेलको ५१औ मिनेटमा गोल गरेको थियो ।त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले दोस्रोपटक अग्रता लियो ।
त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधी जितेको हो । नेपालले भने छैटौं पटक उपविजेतामा सिमित भएको छ ।