प्रहरीका बुद्धि र केदार एआईजी पदमा बढुवाका लागि सिफारिसमा परे

बिहीबार, कात्तिक १५, २०८१

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ २ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। 

गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो। 

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा (टंगला) र ढकाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय (नक्साल) मा कार्यरत छन्। 

गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा र ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत छन्। 

बुधबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको समितिको सचिवालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ। gurung-dhakal-1730341406.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्