छठ मनाएर श्रम मन्त्री भण्डारी स्पेन उड्ने, के छ कार्यक्रम ?

बिहीबार, कात्तिक १५, २०८१

श्रम र श्रमिकका पक्षमा कल्याणकारी काम गर्दै आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी छठ मनाएर स्पेन उड्ने भएका छन् ।

कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा स्पेनको म्याड्रिडमा आयोजना हुने ‘टुवार्ड ए लेबर इन्टरनेसनल’ को सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई सहभागी हुन  कार्तिक १४ गते बसेको क्याबिनेटले स्वीकृति दिएको छ ।

मन्त्री भण्डारीले अघिल्लो क्याबिनेट बाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दश लाख  दिने निर्णय गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्