राजस्वमा बुढालाई पठाएर ढुङ्गानालाई धपाईयो

आइतबार, वैशाख २३, २०८१

अस्वभाविक रूपमा कर्मचारी सरुवा गर्दै आएको प्रचण्ड सरकारले एउटा जल्दोबल्दो अड्डाको हाकिम फेरबदल गरेको छ।

राजश्व अनुसन्धान विभागको महानिर्देशकको तालाचाबी चक्र बहादुर बुढाले बोकेका छन्। हिमाल चढ्नेको रेखदेख गर्ने पर्यटन विभागबाट राजस्व निफन्ने विभागको मूली बनाईएका बुढा प्रधानमन्त्रीको रोजाइमा पर्नाले उता पुगेका हुन् ।

आफ्नो निजि सचिव हुँदा हुँदै प्रचण्डले नवराज ढुङ्गाना २०८० असार १२ गते विभाग जिम्मा लगाएका थिए। नवराजलाई बुढाले विस्थापित गरिदिएका हुन् ।

सरकारले ढुङ्गानालाई महावाणिज्यदूत बनाएर कोलकत्ता पठाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्