सोसल मिडिया
युनिकोड
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको रिहाइका जाने जतिको जुक्ति लगाए पनि पार नलागेपछि रास्वपाले देउसी भैलो खेलेर दबाब दिने आईडिया फ़ुराएको छ।
सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापतिलाई पक्राउ गरेको अन्तिम बुझाईमा रहेको रास्वपा सडक आन्दोलन हुँदै प्रधानमन्त्रीको खप्की खाएपछि दबाब दिन देउसी खेल्ने निर्णयमा पुगेको हो।
कात्तिक २ गते रवि काठमाडौंबाट पक्राउ परेलगत्तै सडक आन्दोलन सुरु गरेको रास्वपाले सडक आन्दोलनबाट रवि नछुट्ने देखेपछि तत्कालका लागि आन्दोलन स्थगीत गरेको छ । पोखरामा केही दिन आन्दोलत गरेको रास्वपालाई पोखरेली जनताले साथ नदिएपछि काठमाडौं सरेको थियो ।
काठमाडौंको आन्दोलनले पनि उपलब्धि हुने नदेखिएको रास्वपाका नेताहरु बताउँछन् । केहीदिन काठमाडौंमा प्रदर्शन गरेपनि रवि तिहारपछि सम्म हिरासतमै बस्ने पक्का भएपछि रास्वपा आन्दोलनबाट ब्याक भएको छ । अब सडक आन्दोलनको सट्टा विभिन्न स्थानमा देउसी भैलो खेलेर सरकारविरुद्ध खबरदारी गर्ने रास्वपाको तयारी छ । त्यसका लागि विभिन्न प्रदेशका समितिसँग समन्वय भइरहेको रास्वपाका एक नेताले जानकारी दिए ।
पूर्व गृहमन्त्री लामिछाने २ कार्तिकयता कास्की प्रहरीको हिरासतमा छन् । दुई पटक गरी उनलाई आजसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको थियो । तर,आजैबाट अदालत तिहार बिदा परेको हुँदा कार्तिक २० गतेसम्म हिरासतमै रहनेछन् ।
दैउसी–भैलो खेल्दा संयमित हुन र व्यक्तिगत गालीगलौजमा नउत्रिन निर्देशन दिएको रास्वपाले जनाएको छ । सभापति पक्राउको विरोधमा उत्रिएका रास्वपाका नेताहरु पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताहरु विरुद्ध खनिँदै आएका छन् । यता दिनभर ‘ओली चोर देश छोड’को नारा लगाउने रास्वपाका नेताहरु साँझमा भने रविलाई बचाइदिनुपर्यो भन्दै ओली भेट्न बालुवाटार पुगेको भन्दै रास्वपामा यतिबेला असन्तुष्टि समेत सिर्जना भएको छ । अनेक भूमरीमा जाकिएको रास्वपा देउसी खेलेर रिचार्ज हुने चरणमा छ।