सोसल मिडिया
युनिकोड
सहकारी ठगी प्रकरणमा सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्ष भीमकुमारी तामाङ पक्राउ परेकी छन् ।
काठमाडौंको बौद्धस्थित उक्त सहकारीले बचतकर्ताको निक्षेप अपचलन गरेको आरोपमा अध्यक्ष तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई अहिले प्रहरी वृत्त बौद्धमा राखिएको बताइएको छ ।