माधव नेपालको यात्रा भेनेजुयला, कहिले फर्किन्छन् ?

शनिबार, कात्तिक १७, २०८१

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज भेनेजुयला जाँदैछन्।  

त्यहाँको पार्लियामेन्ट्री फोरमले यही नोवेम्बर ४ र ५ तारिखमा गर्न लागेको विचार गोष्ठीमा सहभागी हुन अध्यक्ष नेपाल भेनेजुयला जान लागेका हुन्। नेपालको साथमा पार्टी सचिव शेरबहादुर कुँवर पनि भेनेजुयला जाने कार्यक्रम छ।

आफूहरु आज (शनिबार) दिउँसो साढे १२ बजेको उडानबाट भेनेजुयला प्रस्थान गर्ने नेता कुँवरले जानकारी दिए। ‘यही नोभेम्बर ४ तारिखमा हुने उक्त समारोहलाई अध्यक्ष कमरेडले सम्बोधन गर्नुहुनेछ,’ कुँवरले भने,  ‘कार्यक्रममा सहभागी भएर नोभेम्बर  ७ तारिखका दिन हामी फर्किने छौँ।’ 

उक्त कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि भेनेजुयला जाने चर्चा थियो। तर, उनको सचिवालयले भने श्रेष्ठ भेनेजुयला जाने कार्यक्रम नरहेको जानकारी दिएको छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्