प्रधानमन्त्री ओलीलाई चिसोले समात्यो

मंगलबार, कात्तिक २०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट रोकिएको उनको सचिवालयले जनाएको छ।

‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन,’ उनको सचिवालयले भनेको छ, ‘उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ ।’

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्