सोसल मिडिया
युनिकोड
सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । एमालेले कात्तिक २४ गते बिहान ११ बजे सचिवालय बैठक बोलाएको हो।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ। स्थानीय तह उपनिर्वाचनको तयारी र उम्मेदवारीलाई अन्तिमरूप दिन एमालेले बैठक डाकेको हो ।
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेको हो। एमालेले हालसम्म कीर्तिपुरको मेयरमा डा सुरेन्द्र मानन्धर, दोलखाको गौरिशंकर गाउँपालिकाको उपमेयरमा उमा मगर शेर्पा र जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने अन्य उम्मेदवार टुंगिएका छैनन् ।
त्यस्तै सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पनि छलफल हुने छ । ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । मंसिर १७ गतेदेखि २१ गतेसम्म ओलीको चीन भ्रमण तय भएको छ ।