माओवादी केन्द्रले पनि बोलायो पदाधिकारी बैठक

शुक्रबार, कात्तिक २३, २०८१

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिए । 

बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । साथै बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ । 

आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् । एमालेले शनिवारलाई सचिवालय बैठक बोलाएको छ। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्