कुबेत जान लागेका २२ जना युवतीलाई एअरपोर्टबाट किन फर्काईयो घर ?

शुक्रबार, कात्तिक २३, २०८१

कुबेत जान लागेका २२ जना युवतीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता भएका छन् । भिजिट भिसामा कुबेत उडाइन लागेका उनीहरुलाई मानवतस्करीको आशंकामा विमानस्थल अध्यागमनले फिर्ता पठाएको हो ।

उनीहरु हिमालयन एयरलाइन्सको बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए । दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईले बताए ।

भट्टराईका अनुसार उनीहरुसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियोे । घटनामा कसैलाई पक्राउ गरिएको छैन ।

नेपाली युवती भिजिट भिसामा विभिन्न मुलुक जाने र अवैध रूपमा विभिन्न श्रमजन्य कार्यमा संलग्न हुने कारण सरकारले त्यसलाई नियमन र व्यवस्थापनको काम अगाडि बढाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्