रवि र देवलाई अदालतको दर्शन गराईयो, म्याद थपिने

आइतबार, कात्तिक २५, २०८१

कास्कीको पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका बागलुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ। 

इमेज सहकारीको झण्डै ६८ करोड रुपैयाँ ठगीको आरोप लागेकाले मेयर नेपालीलाई थप अनुसन्धानका लागि शनिबार पोखरा ल्याइएको हो। 

हिरासत म्याद थपका लागि आज उनलाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ। राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छवि जोशी, लीला पछाईं र रामकुमार खनालसँगै मेयर नेपालीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्