माओवादी केन्द्रको पदाधिकारी बैठकले के-के गर्दैछ मन्थन ?

आइतबार, कात्तिक २५, २०८१

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । 

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रम लगायत समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

सचिव दिनानाथ शर्माका अनुसार बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने/नगर्ने विषयमा पनि छलफल हुँदैछ । माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक उपनिर्वाचन पछि बस्ने भन्दै तत्कालकालागि पदाधिकारी बैठक बोलाएको हो।

सचिव दिनानाथ शर्माका अनुसार बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने/नगर्ने विषयमा पनि छलफल हुँदैछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्