प्रधानमन्त्री ओली उत्तर लाग्नुअघि पन्ध्र थान एमाले चीन पुग्ने

आइतबार, कात्तिक २५, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमणअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा नेकपा (एमाले)का नेताहरू चीन जाने भएका छन् ।

चीनको अन्तर्राष्ट्रिय विभाग आईडीसीपीसीले नोभेम्बर १३ देखि १५ सम्म आयोजना गर्न लागेको दोस्रो ग्लोबल साउथ चीन थिंक ट्यांक फोरमको सम्मलेनमा सहभागी हन उनीहरू त्यसतर्फ जान लागेका हुन् ।

टोलीमा लेखराज भट्ट, सम्झना देवकोटा, शान्ति ढकाल, सरिता भुसाल, टंक बराल, दीपेन्द्र श्रेष्ठसहित १५ जना रहने एमाले स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली तेस्रो कार्यकालको पहिलो विदेश भ्रमणका रुपमा उत्तरी छिमेकी मुलुक चीन जाँदैछन् ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले आगामी डिसेम्बर २ देखि ६ सम्मको भ्रमण मिति राखेर औपचारिक निम्तो पठाएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्