सोसल मिडिया
युनिकोड
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदैछन । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
एमालेका २२, सभामुख कृष्णप्रसाद धितालसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। तिनै अधिकारी सर्वोच्च अदालतबाट चैत २८ गते कामचलाउ मुख्यमन्त्री घोषित भए। तर, सर्वोच्च अदालतले वैशाख १७ गते पुनः विश्वासको मत पुष्टि गर्न आदेश दिएको थियो। अहिले ६० सदस्यीय गण्डकी प्रदेश सभाका ३० सांसदको समर्थन अधिकारीलाई नै छ। राप्रपाले भने अधिकारीलाई विश्वासको मत नदिने प्रष्ट पारेको छ। सभामुख पनि तीस भित्रै हुँदा त्यहाँको अवस्था फरक हुन् सक्ने ठाउँ छ।