हिरासतमा रवि यसरी भएछन् उग्र, भेट्न पुगेकालाई के-के भने ?

सोमबार, कात्तिक २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले जिल्ला प्रहरी कार्यालय कास्की पुगेर भेटेका छन् ।

सोमबार उनीहरुले भेटेका हुन् । भेटमा कार्यवाहक प्रवक्ता मनिषा झा पनि सहभागी थिए । सरकारले अनावश्यक रुपमा लामिछानेलाई हिरासतमा राखेको उपभापति वाग्ले बताउँछन् ।

भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘राजनीतिक प्रतिशोध साँध्न अनावश्यक हिरासतमा राखिएको हो । न भाग्ने आधार छ, न प्रमाण छ, थप १३ दिन राखेर सरकारले प्रतिशोध साँध्यो ।’

केन्द्रीय समितिले पार्टीको आन्दोलनबारे निर्णय गर्ने उनले जानकारी दिए । पार्टीले दोस्रो चरणको आन्दोलनको तयारी भइरहेको उपभापति अर्यालले बताए । यसबारे पर्सिसम्म पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।

सभापति लामिछानेको भनाइ उद्धृत गर्दै उनले भने, ‘सरकारलाई हिरासतबाट बाहिर राखेर अनुसन्धान गर भन्दा पनि मानेन, यो प्रतिशोध नै हो ।’ यस्तै, सरकारको कामकारबाहीमा लोकतन्त्रको अधिनायकवादी देखिएको प्रवक्ता झा बताउँछन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्