देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, कहाँ-कहाँको मौसम कस्तो हुन्छ ?

मंगलबार, कात्तिक २७, २०८१

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै उच्च पहाडी  तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आज राति पनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई  स्थानमा हल्का वर्षासँगै देशका उच्च पहाडी  तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको  पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्