सोसल मिडिया
युनिकोड
नेपालमा पछिल्लाे केही महिनामामा अन्य ब्रान्डको तुलनामा विशेषगरी BYD (Build Your Dream) का इभी गाडीहरुकाे माग बढेको छ। माग बढेपछि आयात पनि बढेको छ। र, कम्पनीका उच्च तहका प्रतिनिधि नेपाल छिरेका छन्।
विद्युतीय सवारी साधनको माग र बजार बढ्दै गएपछि चीनको बीवाईडी कम्पनी लिमिटेडका एसिया प्यासिफिक क्षेत्रीय महाप्रबन्धक लिउ झिउलिङ उच्चस्तरीय अधिकारीसहित नेपाल आइपुगेका छन्। नेपाल आउने टोलीमा लिन बिन, के जुहुआ र वाङ जियानवेई छन्।
महत्त्वपूर्ण मिसनका सिलसिलामा उनीहरु नेपाल आएको बुझिएको छ। नेपालमा सोचेको भन्दा ज्यादा ब्यापार भएपछी उनीहरु पुलकित छन्।