विदेश भ्रमणमा गएका र भ्रमणका लागि मनोनयनमा परेको कर्मचारीको विवरण मागियो

मंगलबार, कात्तिक २७, २०८१

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विभिन्न कारणले विदेश भ्रमणमा गएका र भ्रमणका लागि मनोनयनमा परेको कर्मचारीको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ । 

देशभरका सरकारी निकाय र स्थानीय तहहरुलाई पत्राचार गर्दै प्रधानमन्त्री कार्यालयले २ दिनभित्रमा यस्तो विवरण उपलव्ध गराउन भनेको हो । 

प्रधानमन्त्री कार्यालयले अध्ययन, भ्रमण र तालिमका लागि विदेशमा गएका र जानका लागि मनोनयनमा परेका सरकारी कर्मचारीको विवरण उपलव्ध गराउन भनेको हो । 

यस्तो विवरण उपलव्ध गराउदा भ्रमणका गएका कर्मचारी कार्यरत निकाय, भ्रमणको उद्देश्य, भ्रमण गर्ने अवधि र भ्रमण गर्ने देशसमेत खुलाएर विवरण पठाउन भनिएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्