एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने

बुधबार, कात्तिक २८, २०८१

नेकपा (एमाले) ले आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने भएको छ । 

उक्त सभा आयोजना गर्नुको कारण भने मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्नु नै रहेको जनाईएको छ ।

यसअघि नै मंसिर ७ गते नै दुर्गा प्रसाईंले पनि विरोधसभा गर्ने भनेर घोषणा गरिसकेका छन् । एमालेले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको तयारीबारे पनि सभालाई उपयोग गरिने भनिसकेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्