कारोबारको पहिलो दिन नै नेप्सेले ल्याएन पारा, कारोबार कति भयो ?

आइतबार, वैशाख २३, २०८१

साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक २४.५८ अंकले घटेको छ । नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ को विन्दुमा पुगेको हो ।

आज ३१६ धितोपत्रका ९७ लाख ६२ हजार ८०३ सेयर तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६.३९ रुपैयाँमा किनबेच भएको छ ।

आज १३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स र ननलाइफ इन्स्योरेन्स उपसमूहको समूहगत सूचक बढेको छ ।

 आज डोल्टी पावर कम्पनी लिमिटेड सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले बढेको छ । यस्तै, पिपुल्स पावर लिमिटेडेको सेयर मूल्य सर्वाधिक ९.९२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्