सुप्रिम सहकारी ठगी प्रकरणमा तानिएका रवि तीन दिन देखि लगातार बयान दिंदै

बिहीबार, कात्तिक २९, २०८१

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान बिहीबार तेस्रो दिन पनि जारी छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजे सुरु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।

यसअघि मंगलबार र बुधबार उनीसँग बयान लिइएको थियो । आज बयान सक्ने तयारी छ । बयान सकिए लगत्तै उनलाई पोखरा पठाइने डीएसपी खनालले बताइन् ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्