श्रीमान्-श्रीमती मिलेर उपेन्द्रको पार्टी फुटाए, ईस्तियाकले मेलोमेसो मिलाए

आइतबार, वैशाख २३, २०८१

उपप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अमेरिका पुगेकै बेला उनको पार्टी विभाजन भएको छ।

जसपाका ७ सांसद दल विभाजनका लागि निवेदन अशोक राईको नेतृत्वमा ७ जना सांसद निर्वाचन आयोग पुगेका छन् । 

अशोक राई, प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ आयोग पुगेका छन् । हसिना खातुन, रञ्जु ठाकुर पनि पार्टी विभाजन गर्न आयोगमै पुगेका छन् । अशोक र सुशीला श्रीमान् श्रीमती हुन् । सुडी वन मन्त्री हुन् । 

सोही पार्टीका कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री ईस्तियाक राईको पहलमा यो सबै भएको श्रोतको भनाई छ। उनी नयाँ पार्टीको महासचिव बन्नेछन् ।जसपाका १२ माननीय छन् ।

उपेन्द्र यादवको साथ छाडेका सांसदहरु
अशोक राइ
नवलकिशोर साह
प्रदीप यादव
रञ्जु कुमारी झा
विरेन्द्र महतो
सुशिला श्रेष्ठ
हसिना खातुन
उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
प्रकाश अधिकारी
राजकिशोर यादव
रेखा यादव

दीपक कार्की

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्