सरुवा भएका अटेरी कर्मचारीलाई सामान्यको यस्तो उर्दी, के-के बिदा गरियो कटौती ?

शुक्रबार, कात्तिक ३०, २०८१

विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उर्दी जारी गरेको छ। 

सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गर्ने क्रम बढेपछि मन्त्रालय आक्रामक बनेको छ। त्यसैले सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले कडा निर्देशन दिनु परेको मन्त्रालयको दाबी छ। 

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई हाजिर गराउने र उनीहरूको रमाना व्यवस्थापन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई निर्देशन जारी गर्दै निर्देशन अवज्ञा गरेमा कडा विभागीय कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

रमाना नदिएका/नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएकाले तत् तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम निर्देशन दिइएको मन्त्रालयले स्पष्ट गरेको छ ।samanya-patra-1731650154.png

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्