सोसल मिडिया
युनिकोड
नेपालको जनसंख्या सुनाउन अमेरिकी गएका उपेन्द्र यादवलाई एकसाथ राहु र केतुले घेरेको छ। उनको पार्टी विभाजन मात्र भएन लगभग भएभरका माननीयले छोडेर गए।
जसपा अध्यक्ष यादवले अमेरिका उड्नु अघि आफ्नो अनुपस्थितीमा पार्टीका सबै काम गर्नु भनेर कार्यबाहक अध्यक्ष दिएका राजेन्द्र श्रेष्ठ पनि पार्टी फुटाउन निर्वाचन आयोग पुगे।
न रह्यो बाँस न बज्यो बाँसुरी भन्या जस्तै अबस्थामा उपेन्द्र पुगेका छन् । पार्टी विभाजनको पहलकदमी भने पूर्वमन्त्री मोहम्मद ईस्तियाक राईले गरेका हुन। १२ माननीयमा अब उपेन्द्र सहित राजकिशोर यादव, रेखा यादव र प्रकाश अधिकारी मात्र बाँकी छन् । अन्तिममा आएर वनराज्य मन्त्री दिपक कार्कीले उपेन्द्रलाई नै साथ दिएका छन् ।