सोसल मिडिया
युनिकोड
सत्ता साझेदार नेपाली कांग्रेसले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न स्थानको उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै ४४ स्थानमध्ये विभिन्न १० ठाउँको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको जानकारी गराएका हुन् । कांग्रेसले पार्टीका उम्मेदवारलाई मत दिएर विजयी गराउन पनि आग्रह गरेको छ ।
हेर्नुस् उम्मेदवारको सूची
कोशी प्रदेश (१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद– वडा अध्यक्ष (२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद– वडा अध्यक्ष (३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद– अध्यक्ष (४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद– वडा अध्यक्ष (५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद– वडा अध्यक्ष (६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद– प्रमुख (७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद– वडा अध्यक्ष (८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद– वडा अध्यक्ष (९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद– वडा अध्यक्ष
गण्डकी प्रदेश (१) भाइकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद– वडा अध्यक्ष