सोसल मिडिया
युनिकोड
पूर्वप्रधमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संसोधन गर्ने सत्ता साझेदार एमालेसँग सहमति भएको बताएका छन्।
गृह जिल्ला डडेल्धुरामा रहेका देउवासँग नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आवश्यक नभई नहुने कुराहरु गर्न संविधान संशोधन गर्ने सहमति भएको बताए। राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरु दलहरुलाई समेटिने सभापति देउवाले बताए।
दुई तिहाई पुर्याउन अरु दलहरुलाई पनि समेटर संविधान संशोधन गर्न सहमति भएको उनको भनाइ छ।
आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्न दुई पार्टीबीच सहमति भएको र सरकार यसमा लागिरहेको भन्दै देउवाले धेरै कुराहरु अगाडि बढेको र धेरै कुराहरु अगाडि बढ्दै गएको दावी गरे।