चार देशका लागि नियुक्त भएका राजदूतहरुले खाए सपथ

आइतबार, मंसिर २, २०८१

विभिन्‍न चार देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।image-62-1731852385.png

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्