माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, के छ एजेन्डा ?

सोमबार, मंसिर ३, २०८१

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

केन्द्रीय समिति बैठकको तयारी, विद्यार्थी सम्मेलन बैठक, पार्टीको विधान बैठक लगायतका एजेण्डा रहेको माओवादीले जनाएको छ । 

साथै बैठकमा आशन्न स्थानीय तहको उप–निर्वाचनबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्