सितोरियो कराँते संघको केन्द्रीय सदस्यमा झापाका जगन दुर्वासा नियुक्त

सोमबार, मंसिर ३, २०८१

नेपाल सितोरियो कराँते संघको केन्द्रीय सदस्यमा जगन दुर्वासा कार्की नियुक्त भएका छन् । कार्कीलाई केन्द्रीय अध्यक्ष दावा गुरुङले नियुक्त गरेका हुन् ।

कराते महासंघ झापाका अध्यक्ष सहित जिल्ला खेलकुद विकास समितिका प्रवक्ता समेत रहेका कार्की केन्द्रीय सदस्य नियुक्त भएका हुन् ।

राजनीतिका साथै सामाजिक क्षेत्रमा नि:स्वार्थ काम गर्दै आएका कार्कीलाई केन्द्रीय अध्यक्ष दावाले उनको कामको मूल्यांकन गर्दै सो जिम्मेवारी सुम्पिएका हुन् । कार्कीलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिदै अध्यक्ष दावाले सितोरियो कराँते संघ कार्कीको सक्रियता थप उचाईमा पुग्ने बिश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्