मन्त्री फेरबदल गर्न ओली र देउवा दुवै ईच्छुक, को-को हट्दैछन् ?

सोमबार, मंसिर ३, २०८१

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा केही मन्त्री फेर्ने कसरतमा छन्। जसका लागि ओली र देउवाले आजै बालुवाटारमा गफ गरेका छन्। 

केही मन्त्रीको कार्यसम्पादन अत्यन्तै न्यून भएपछि ओली वाक्कदिक्क बनेको श्रोतको भनाई छ। सुरुमा देउवाले मन्त्री फेरबदलमा सिग्नल नदिएपछि ओली यसै सुस्त बनेका थिए। तर, स्वयम् देउवा समेत केही मन्त्री फेर्न इच्छुक भएपछि मन्त्री फेरबदल गर्ने सन्दर्भमा दुई नेताबीच भेट भएको श्रोतको भनाई छ। 

एमालेबाट मन्त्री बनेका केही र कांग्रेसका केही मन्त्री हटाईने भएको हो। सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, भौतिक मन्त्री देबेन्द्र दाहाल, भूमि मन्त्री बलदेव अधिकारी हटाईने मन्त्रीको सूचीमा छन्। यी सबै एमालेका मन्त्री हुन्। उता, कांग्रेसले पर्यटन मन्त्री बद्री पाण्डे, उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ्ग र लोसपा बाट मन्त्री बनेका श्रम मन्त्री शरद सिङ्ग भण्डारी समेतलाई हटाइने चर्चा छ। 

त्यस्तै जसपा बाट मन्त्री बनेका महिला मन्त्री नवलकिशोर साह समेत असुरक्षित रहेको श्रोतको भनाई छ। वन मन्त्रीको काम बाट पनि प्रधानमन्त्री खुसी नभएको चर्चा छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्