सोसल मिडिया
युनिकोड
गृहमन्त्री रमेश लेखकले देशमा शान्तिसुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेकाे बताएका छन् । उनले पहिलाे आवश्यकता शान्ति स्थापना गराउनु भएपनिसँगै अनुशासित पनि बन्नुपर्ने बताएका हुन् ।
मंगलबार सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सुरु भएकाे प्रदेश स्तरिय सुरक्षा गाेष्ठीकाे उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने,’सबैभन्दा पहिलाे आवश्यकता शान्ति कायम गराउनु हाे, तर सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ ।’
गृहमन्त्री लेखकले मंसिर १६ मा हुन गइरहेकाे उपनिर्वाचनलाई निष्पक्ष र शान्तीपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । उनले भने,’लाेकतन्त्रकाे विकल्प लाेकतन्त्र मात्रै हाे, यसकाे रक्षा र सुदृढीकरण गर्नु हामी सबैकाे दायित्व हाे ।
गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै उनले भने,’तपाईँहरुले काम गरिराख्नु भएकाे छ तर यत्तिले पुग्दैन थप क्रियासिलता र सकृयता भएर काम गर्नूस, सबै समस्या समाधान हुन्छन् ।’
सुरक्षा गाेष्ठी औपचारिकतामा मात्र सिमित नभई सुदूरपश्चिम प्रदेशकाे शान्तिसुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटनालगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी याेजना बनाउने बताए ।
गृहसचिव गाेकर्णमणी दुवाडीकाे अध्यक्षतामा सुरु भएकाे सुरक्षा गाेष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, शसस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नाै वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतकाे सहभागिता रहेकाे छ ।