सोसल मिडिया
युनिकोड
जिल्ला अदालत काठमाडौँले मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
पूर्वमन्त्री अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए। यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
सात दिनको म्याद सकिएपछि म्याद थपका लागि मंगलबार फेरि अदालतमा पेश गरिएकोमा अदालतले ५ दिनको म्याद दिएको हो।
सरकारको अनुमतिबिना जापान पुगेका उनलाई त्यहाँको अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएको थियो। उनीसँगै अन्य तीन जना पनि जापान पुगेपछि मानव तस्करीको आशंकामा उनीहरुलाई नेपाल फर्काइएको थियो।
विवादमा परेपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए। कोशी प्रदेशसभाका सांसदसमेत रहेका उनलाई नेकपा एमालेले पार्टीबाट निलम्बनसमेत गरेको थियो।