रास्वपामा रडाको, केन्द्रीय समिति बैठक स्थगित

मंगलबार, मंसिर ४, २०८१

आकस्मिक रूपमा बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकमा सभापति रवि लामिछानेको रिहाइका लागि आन्दोलनको पक्षमा बहुमत नपुगेपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

धेरै नेताहरूले आन्दोलनको औचित्यमाथि प्रश्न उठाएपछि फेरि बस्ने भनेर बैठक स्थगित भएको ती सदस्यको भनाई छ । बैठकका एजेन्डाहरू सार्वजनिक नगरि मंगलबार उपसभापति डाेलप्रसाद अर्यालले आकस्मिक रूपमा बैठक बोलाएका थिए ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासत रहेका रुपन्देहीपछि काठमाडाैं‌बाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्